काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दारका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज काबुल जाने तय भएको छ ।
अफगानिस्तानको अतिवादी समूह तालिबानले देशका मुख्यमुख्य सहर कब्जा गरेपछि सबै देशले आफ्ना नागरिकहरु फिर्ता लैजान थालेका छन् ।
चौतर्फी रुपमा नेपालीहरुको उद्दारको माग भएसँगै त्यहाँ रहेका नेपालीहरुको उद्दारका लागि नेपाल वायुसेवा निगमको जहाज काबुल जान लागेको हो ।
आगामी भदौ ११ गते उडानमार्फत निगमको न्यारोबडीको जहाज काबुल जान लागेको हो । ‘उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले भनेको छ ।
यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा अफगानिस्तानको काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एक सय जना नेपालीलाई स्वदेश फर्काइने बताएको छ ।
।