सूचनाको शक्ति - The Power Of Information

        

आइतवार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अघिल्लो साता घटेको सुनको भाउ यो साताको कारोबारको पहिलो दिन नै एक हजार रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन आइतबार बजारमा सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २०५ रुपैयाँ पुगेको हो ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १७:४६