सूचनाको शक्ति - The Power Of Information

        

बर्दियाका तीन किशोरी बेपत्ता

बर्दिया । बर्दियामा एकै ठाउँका तीन जना किशोरी बेपत्ता भएका छन् । शुक्रबार बिहानदेखि हराएका उनीहरु फेला नपरेपछि अभिभावकले प्रहरीमा निवेदन हालेका हुन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ९, बेतहनीका १६ वर्षीया युवतीहरु हराएपछि प्रहरीले खाजीको लागि सक्रियता बढाएको छ ।

शुक्रबारबाट बेपत्ता भएकाहरुमा सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर हुन् । उनीहरुको बारेमा सोधखोज गर्ने क्रममा परियार र मगरले बोकेको मोबाइलको आधारमा उनीहरु नेपाल भारत सीमा नजिकैको गणेशपुरमा रहेको देखिएको बताइएको छ ।

किशोरीको खोजीको निम्ति सामाजिक सञ्जालमा गरिएको खबरमा भारतको सीमाना नजिकै देखिएकाले उनीहरुलाई बेच्न लगेको हुनसक्ने आशंका गरिएको छ । परिवारले तीन जना किशोरीको बारेमा थप जानकारी भएमा ९८६८१८४३५७ नम्बरमा खबर गरिदिन सामाजिक सञ्जालमार्फत् अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १७:३५