सूचनाको शक्ति - The Power Of Information

        

१८ प्रतिशतभन्दा धेरैमा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ८८ जनाको पीसीआर र ४ हजार १८ जनाको एन्टिजेन गरी १२ हजार १०६ जनाको नमुना परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल परीक्षणको १८ दशमलव २७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ७ हजार ४०२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८६७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार २९२ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार २९८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७५८ जनाको आईसीयू र १९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १७:०७