सूचनाको शक्ति - The Power Of Information

        

अफगान संकट

तालिवान लडाकुको आदेश नै कानून, नियन्त्रित क्षेत्र अस्तव्यस्त

काठमाडौं । अफगानिस्तानका प्रमुख बहरमध्ये राजधानी काबुलमात्र विपक्षी तालिवानले कब्जा गर्न बाँकी छ । यसले आइतबार जलालाबाद कब्जामा लिएको थियो । सरकारले एकपछि अर्को क्षति बेहोरेपछि राष्ट्रपति अस्राफ घानीका सामु राजीनामाको दबाब बढेको छ ।

यसैबीच अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा रहेका कर्मचारीलाई देशमा फिर्ता गर्न शुरू गरेको छ । यसका लागि अमेरिकाले ५ हजार सैनिक पठाएको छ । तालिवानले एक पटक पनि बन्दुक नपड्काई कनै जलालबाद नियन्त्रणमा लिएको हो । नारगरहार प्रान्तमा अहिले कुनै पनि किसिमको झडप भएको छैन ।

सरकारी पक्षले तालिवानका सामु आत्मसमर्पण गरेपछि त्यहाँ झडप नभएको हो । यो कब्जासँगै तालिवानले पाकिस्तानसँगको सडकमा पनि कब्जा जमाएको छ । जलालबाद नियन्त्रणमा लिनु एक घण्टाअघि तालिवानले बाल्ख प्रान्तको राजधानी मजार इस सरिफ पनि कुनै झडप विना नियन्त्रणमा लिएको थियो ।

शुरूमा सेनाले आत्मसमर्पण गरेको थियो । यसपछि सबै निकायले तालिवानका सामु आफू समर्पण गरे । अफगानिस्तानको २४ मध्येका २३ प्रान्तीय राजधानी अहिले तालिवानको कब्जामा छन् । विपक्षीले कब्जामा लिन बाँकी रहेको काबुलमा तनाव बढेको छ । लडाइँका कारण विस्थापित भएका तथा डरले भागेर आएकाहरूले काबुलमा शरण लिएका छन् ।

तालिवानले कब्जामा लिएका स्थानमा लडाकुका श्रीमती बन्न छोरी लडाकु जत्थालाई बुझाउनु पर्ने प्रस्तावसमेत तालिवानी राख्न थालेका छन् । परवानबाट काबुल आएकी ३५ वर्षीय मुझ्दा तालिवनाका लागि बाँच्नुपर्ने स्थिति आएपछि भागेर दुई छोरीसहित काबुल आएको बताउँछिन् ।

तालिवानको कब्जामा रहेको क्षेत्रमा अनुहार ढाकिने गरी बुर्का लगाउन अनिवार्य छ । सामाजिक नियम उल्लंघन गरेको आरोपमा लगाउँदै कतिपयमाथि कुटपिट भएको छ । काबुलका ५३ वर्षीय सायद अकबर काबुलमा युद्ध हुने निश्चित रहेको जनाउँछन् । उनले आफ्नो जिन्दगीको ४० वर्ष दुःखमा बितेको र बाँकी जीवन पनि त्यस्तै रहने बताए ।

उत्तरी सहर कुन्दाज तालिवानले नियन्त्रणमा लिएपछि परिवारसहित भागेर काबुल आएकाहरू पालमुनि बसेका छन् । युवाहरूलाई नियन्त्रणमा लिँदै तालिवाले जवर्जस्ती ग्रिनेड र अन्य हतियार बोक्ने लगाउने गरेका छन् । काबुलका बासिन्दाले बैंकबाट पैसा झिक्ने शुरू गरेपछि त्यहाँका बैंक रित्तिएका छन् ।

सबैले पैसा निकाल्न शुरू गरेपछि बैंकहरूले रकम फिर्ता गर्न असमर्थ रहेको जनाएका छन् । जुलाई ११ देखि अगस्ट १२ का बीचमा अन्यत्रबाट विस्थापित भएर १०,३५० जना काबुल पुगेका थिए, १७ मे देखि यता २ लाख ५० हजारभन्दा बढी महिलाहरू विस्थापित भएको जनाइएको छ ।

तालिवानको कठोर शासनले त्यहाँको जनजीवन कतिसम्म प्रभावित भएको छ, कुनै कार्यालयमा काम गर्ने महिला र पुरुषका बीच संवाद गर्न निषेध गरिएको छ । नाटो सेनाले अफगानिस्तान छाडेपछि तालिवानले कब्जामा लिएको शुरूवाती शहर हिमालय क्षेत्रमा रहेको इस्खामितिस हो । यस क्षेत्रमा रहेकी २९ वर्षीया नुरुया हाया स्वास्थ्य कार्यकर्ता हुन् ।

वर्षौंदेखि पुरुष चिकित्सकसँग सरसल्लाह गरेर उनले त्यहाँ धेरैलाई सहयोग गर्दै आएकी थिइन् । तालिवानले कब्जामा लिएपछि महिलालाई पुरुषसँग बोल्न बन्देज गरिएको छ । उनले कसैलाई सहयोग गर्ने सम्भावना छैन । इस्खामितिसलाई तालिवानले कब्जामा लिएलगत्तै कान्दहारबाट नेटोको सेना हटेको थियो । त्यसपछि नै कान्दहारबासी त्रासमा थिए । धेरै गाउँको अवस्था भयावह छ । डरले कोही घरबाट बाहिर निस्कने सकेका छैनन् ।

घरभित्रै रहे पनि तालिवानले महिलालाई आफ्नो नियन्त्रणमा लिने र युवाहरूलाई हतियार बोक्न लगाउने गरेका छन् । तालिवान लडाकु घरहरूमा छिरेर खानेकुरा लैजाने गरेका छन् । अहिले पुरुषलाई दाह्री काट्न निषेध गरिएको छ । सैलुनमा तालिवान लडाकुले पश्चिमी शैलीले कपाल नकाट्न चेतावनी दिन थालेका छन् । कतिपय सैलुन सञ्चालकले यातनासमेत पाएका छन् ।

सन् १९९० तिर कठोर यातना दिने गरेको अफगानिस्तानमा अहिले त्यही क्रम शुरूवात भएको छ । तालिवानको गतिविधिले पर्यटन क्षेत्र ठप्प भएको छ, यस क्षेत्रका कामदारका लागि छाक टार्न पनि समस्या हुन थालेको छ । फरखास जिल्लाका एक ट्याक्सी ड्राइभर आफ्ना लागि जीवनयापन कठिन बनेको गुनासो गर्छन् । गत ४ जुलाईमा अमेरिकी र नाटोको सेनाले बर ग्राम एयरबेस छाडेको थियो ।

यसलगत्तै तालिवानले सो क्षेत्र र सीमा क्षेत्रलाई कब्जामा लिएपछि अन्यत्रबाट आउने सामान कब्जा गर्न थालेको छ । त्यहाँका बासिन्दाका अनुसार न त्यहाँ कर्मचारीतन्त्र छ, नत सरकार । छ त केबल त्यस क्षेत्रमा खटाइएका तालिवान लडाकुको मुखको कानून । त्यहाँ गरिबे पाउने राहतमा पनि उनीहरूले नियन्त्रण गर्न थालेका छन् । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १६:५७