सूचनाको शक्ति - The Power Of Information

        

भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै

एजेन्सी । भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ ।

भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो ।

भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो ।

स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । भारतको लालकिल्लामा विशेष समारोह गर्ने गरिन्छ । यसअघि हिजो पाकिस्तानले ७५औं स्वतन्त्रता दिवस मनाएको छ ।

त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताउनुभएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार ०९:३७