सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ३६ हजार बढी नयाँ संक्रमित, ४९१ को मृत्यु

एजेन्सी । भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार १२७ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ९१ हजार ९५४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९२ हजार २४१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३१ हजार २५३ पुगेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार ०९:३०