सूचनाको शक्ति - The Power Of Information

        

बाइडेनद्धारा अफगानिस्तानमा थप एक हजार सेना पठाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हजार अमेरिकी सैनिक अफगानिस्तान पठाउने बताउनुभएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै बाइडेनले अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने घोषणा गर्नुभएको हो ।

बाइडेनले भन्नुभयो, ‘अमेरिकी कर्मचारी र अन्य कर्मचारीहरुलाई सुरक्षित अमेरिका ल्याउन र त्यहाँ अमेरिकी सेना रहँदा सहयोग गर्नेहरुलाई सुरक्षित फिर्ता गर्न अमेरिकी सेना अफगानिस्तान जान लागेको हो ।’

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार ०९:२०