सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ ।

बिहीबार शुरु भएको बैठकमा शुक्रबारसम्म गरि ३१ केन्द्रीय र आमन्त्रित सदस्यहरुले धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको देखिएको छ ।

कांग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बिहीबार शुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए भने अन्य नौ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार ०९:३२