काठमाडौं । सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज शुक्रवार सुनुवाइका लागि पेसी तोकिएको भए पनि न्यायाधीश रेग्मीले त्यस मुद्दाकाे सुनुवाइ गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गर्नुभएको रहेछ, त्यसले गर्दा त्यस मुद्दाको सुनुवाइमा हेर्न मिलेन ।
रौतहट जिल्ला अदालतको थुनामा रहेका आलमकाे ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । त्यस निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ ।
जिल्ला, उच्च अदालत हुँदै त्याे मुद्दा सर्वोच्चमा आएको हो ।
।