सूचनाको शक्ति - The Power Of Information

        

करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौ । रूपन्देही सम्मरीमाइ गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले पुष्टि गरेका छन् । ‘शुक्लालाई जबरजस्ती करणी उद्योग आरोपमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ,’ डिएसपी थापाले भने ।

शुक्ला विहिबार पक्राउ परेका हुन । सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरूद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएपछि विहिबार पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १०:२५