सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

मृतक बाँके कोहलपुर र कैलाली टीकापुरका

बाँके । नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृतक बाँके कोहलपुर र कैलाली टीकापुरका रहेका छन्।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कोहलपुर नगरपालिका वडा नम्बर ८ का ४३ वर्षीय पुुरुष र टीकापुर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको हाे।

कोहलपुरका ४३ वर्षीय पुरुषलाई साउन २१ गते भर्ना गरिएको थियो। भोलिपल्ट पीसीआर गरियो। उनको राती १:३० बजे मृत्यु भएको छ।

टीकापुरका ४५ वर्षीया महिलाको साउन २० गते पीसीआर गरिएको थियो। उनलाई त्यही दिन भर्ना गरिएको थियो।

उनको बिहान ४ बजे मृत्यु भएको छ। योसँगै कोरोनाबाट बाँके निवासी ३ सय २४ जना र बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ८७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ०९:५९