बझाङ । बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भुमिदेव आधारभुत विद्यालयको भवन पहिरोको जोखिममा परेको छ ।
अविरल बर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछी भवन जोखिममा परेको हो । साउन १२ गते मंगलबार राति परेको अविरल पानीले रोतागणामा रहेको विद्यालयको मूलद्वार र फिल्ड पहिरोका कारण भत्किएको प्रधानाध्यापक मान बहादुर धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लगातार वर्षा भए पछी भवन भत्कने खतरा छ । भिरालो जमिनमा विध्यालय भएकाले पहिरो खस्न थालेको हो ।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् ।
वडा अध्यक्ष काशिराम धामीले यो बर्ष २० लाख बराबरको ग्याविन जालि हालेको र हालेको जालि नै बगाएर सोहि गाउँका २० परिवारको लगाएको बालि सहित पहिरोले बगाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विध्यार्थिहरुलाई समस्या छ । अहिले त विध्यालय बन्द भएकाले केहि समस्या छैन । विध्यालय खुल्ला भयो भने कहाँ पढाउने भन्ने समस्या भएको छ ।
त्या बाट खसे पछी सिदै खोला पुग्ने छन । विध्यालयको भवन अन्त लगाउनको लागि जग्गाको खोजि गरिरहेका छौ । कतै भेटाएका छैनौ ।’
कतै जग्गा पाएमा चाँडै विध्यालयको भवन अन्तै सार्ने योजनामा रहेको वडा अध्यक्ष धामीले बताउनुभयो ।
।