काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ ।
सचिवालयका अनुसार आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने छन् ।
बैठक बिहान ११ बजे स्ने संसद सचिवालयले जनाएको छ ।
।