सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा २४ घण्टामा थपिए साढे ६ लाखभन्दा बढी संक्रमित

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा थप ६ लाख ६८ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वल्डोमिटर्सकाअनुसार सो अवधिमा सबैभन्दा संक्रमित अमेरिकामा १ लाख १२ हजार ६२२ जना थपिएका छन्।

सोही अवधिमा भारतमा ४३ हजार ६४१, इरानमा ४२ हजार ५४१, ब्राजिलमा ३५ हजार ७८८,फ्रान्समा ३० हजार ९२०, इन्डोनेसियामा ३० हजार ६२५ र बेलायतमा २९ हजार ६१२ जना थपिएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार ०८:०५