सूचनाको शक्ति - The Power Of Information

        

देशभर थप ३४ सय ८१ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १६ हजार ६५६ जनाको परीक्षणमा ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१० हजार ९ सय ७ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ सय १६ र ५ हजार ७४९ जनाको एन्टीजेन परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ८५ जना संक्रमित निको भई डिस्चार्ज भएका हुँदा ३० संक्रमितको मृत्यु भएको छ ।

देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमितमध्ये ३४ हजार ८ सय १३ जना होम आइसोलेसन, ३ हजार २ सय २० जना संस्थागत आइसोलेसन, ७ सय ९६ जना आईसीयू र १ सय ८४ जना भेन्टिलेटरमा छन् ।

देशभर ३ सय ९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १८:०२