सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुधवार १४ जना डिस्चार्ज

बाँके । बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २०९ वटा नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८७ नमुना परीक्षण गर्दा १६, मेडिकल कलेज कोहलपुरमा ६९ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका १७ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ४९ पुगेको छ । यस्तै बुधवार १४ जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय १५ पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १७:५४