सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं । आफूविरुद्धको अविश्वास प्रस्ताव पास हुने देखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

राजीनामा पत्र बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुगेका उनले केही बेर प्रमुख अमिक शेरचन सामू राजीनामा बुझाएका हुन् ।

प्रदेशसभा बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर अविश्वास प्रस्तावबाट उम्किएका हुन् ।

उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव आजको बैठकमा निर्णयार्थ पेश गर्ने तालिका थियो ।

उनले विशेष अधिवेशन रोक्न आफ्नो पार्टीका सांसदमार्फत सर्वाेच्च अदालतमा मुद्धा समेत दर्ता गरेका थिए । तर सर्वाेच्चले हेर्न नभ्याइनेमै राखेपछि उनको पद गएको हो ।

यसअघि वैशाखमा पनि उनले अल्मतमै भएपनि तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवबाट मुख्यमन्त्रीको पुनःनियुक्ती र शपथ लिएका थिए । सो समयमा पनि उनी अल्पमतमै थिए ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १३:३९