सूचनाको शक्ति - The Power Of Information

        

मेस्सी र पीएसजीबीच सम्झाैता

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनल मेस्सीले अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्ने भएका छन् ।

केही दिनअघि बार्सिलोनाबाट बिदा भएका मेसीले दुई वर्षका लागि मंगलबार पीएसजीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौताअुनसार मेस्सीले प्रति वर्ष २५ मिलियन युरो पाउनेछन् ।

३४ वर्षीय मेसीले बार्सिलोनामा १७ वर्ष बिताएपछि क्लब छोडेका हुन् । पिएसजीले अब चाँडै मेस्सीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।

बार्सिलोनाले आर्थिक र संरचनागत कारण देखाएर मेस्सीलाई क्लबमा राख्न नसकिने जनाएको थियो । यद्यपि, यसअघि बार्सिलोना र मेसीबीच आधा रकम घटाएर पाँच वर्षका लागि नयाँ सम्झौता हुने खबर पनि सार्वजनिक भएको थियो ।

सन् २००० देखि बार्सिलोनामा आबद्ध मेस्सीले सन् २०१७ मा २०२१ सम्म चार वर्षका लागि सम्झौता गरेका थिए । बार्सिलोनाका लागि सर्वाधिक ६ सय ७२ गोल गरेका उनले ३५ उपाधि जितेका छन् ।

जसमा १० ला लिगा र चार च्याम्पियन्स लिग छन् । ला लिगामा सर्वाधिक ४ सय ७४ गोलकर्ता खेलाडी पनि उनै हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १७:४८