सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा मंगलवार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ८ जना डिस्चार्ज

बाँके । बाँकेमा मंगलवार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १७३ नमुना परीक्षण गर्दा थप ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १३१ नमुना परीक्षण गर्दा ३७ र मेडिकल कलेज कोहलपुरमा ४२ जना ७ जनागरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमा सबैभन्दा धेरै बर्दियाका छन ।

बर्दियाका ३५ जना, बाँकेका ७ जना र कैलालीका २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

बाँकेमा अव कोरोना संक्रमितको संख्या १७ हजार ७ सय ७३ पुगेको छ । मंगलवार ८ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय १ पुगेको छ ।

जिल्लामा १६ जना सिकिस्त बिरामी छन् । १८ जना मध्यम बिरामी हुँदा ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको वलीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १७:३६