सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा समस्या

काठमाडौं । कर्णाली प्रदेशका अधिकांश जिल्लामा कोल्ड स्टोर नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या भएको छ ।

सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका कोल्ड स्टोर नहुँदा खोप आपूर्तिमा समस्या भएको हो ।

खोप भण्डारणको समस्याका कारण प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जिल्लाहरुमा हवाइजहाज तथा स्थलमार्गबाट तत्काल आवश्यक खोप आपूर्ति गर्दै आएको जनाइएको छ ।

अहिले कर्णालीका सबै जिल्लामा भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०९:४६