सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरीद्वारा दुई लाख बढिको सुर्ती बरामद

 बाँके । प्रहरीले भन्सार छलि ल्याइएको दुई लाख बढिको सुर्ती बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ कोरियनपुरबाट उक्त सुर्ती बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरीको मोबाइल टोलीले बेवारिसे अवस्थामा रहेको सुपर पावर अन्दाजी मूल्य २ लाख १० हजार बराबरको रहेकोछ ।

बरामद गरिएको सुर्ती आवश्यक कारवाहीका लागी नेपालगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०९:३५