सूचनाको शक्ति - The Power Of Information

        

आजको बाढी पूर्वानुमान, कुन-कुन नदीको बढ्दैछ बहाव ?

काठमाडौं । आज कोशी, नारायणी र यिनका सहायक नदीहरु, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान पनि महाशाखाले गरेको छ ।

हेर्नुहोस् कुन-कुन नदीको अवस्था कस्तो रहनेछ ?

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०९:३२