सूचनाको शक्ति - The Power Of Information

        

भारतमा २७ हजार नयाँ संक्रमित थपिए, ३७६ जनाको मृत्यु

एजेन्सी । भारतमा थप २७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४२९ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ९७ हजार १७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ९१९ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३७६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ७१५ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०९:१२