सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

प्रदेश १, लुम्बिनी र बागमती प्रदेशको केही स्थानमा ठूलो पानी पर्ने

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भूभागमा सामान्य देखी पूर्ण बदली रहेको छ।

साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाअनुसार देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

देशभर ठूलाे पानी पर्ने सम्भावना रहेकाले पहाडी भू -भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका छ ।

वर्षाका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण २६ गते (मंगलबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १  र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

श्रावण २७ गते (बुधबार)

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १  र प्रदेश नं २ को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

श्रावण २८ गते बिहिबार)

दिउँसोदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार ०८:५२