सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ ।

उतारचढावका बीच नेप्से १ दशमलव ४७ अंकले बढेर ३ हजार १ सय ९ विन्दुमा पुगेको छ । कारोबार भएका १३ समूहमध्ये सोमबार ५ समूहमा हरियाली छाउँदा ८ समूह रातो भएको छ ।

यस दिन हाइड्रो पावर समूह सबैभन्दा बढी ११९ अंक बढेको छ । सोमबार १० वटा कम्पनीको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाइड्रो, युनियन हाइड्रोपावर लगायतका कम्पीनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार २ सय २४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ शेयर कित्ता किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८० रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १५:५८