सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ ।

१४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।

नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्दि्रत रहेर छलफल गरी आवश्यक रणनीति बनाइने बताए ।

उनले यो छलफल अनौपचारिक भएको पनि बताए । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक-पटक छलफल गर्दै आएका थिए ।

ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् ।

छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ०९:४७