सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डाहरु

विधान संशोधन प्रस्तावलाई एकरुपता दिने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि र केन्द्रीय कमिति बैठक आज बस्दै छ । पार्टीको विधान महाधिवेशनको तयारीमा जुटेको एमालेले विधान मस्यौदाको विषयमा छलफल गर्न दुवै बैठक बोलाएको हो ।

तुलसीलाल स्मृति भवनमा सोमबार बिहान ११ बजे स्थायी कमिटी र अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।

यसअघि आइतवार बैठक बोलाइएको थियो । तर शनिवार उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी सहित अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेपछि आइतवारको बैठक एक दिन पर सार्दै सोमबारको लागि बोलाइएको थियो ।

माधव कुमार नेपाल पक्षले बैठक र महाधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । तर संस्थापन पक्षले भने कसैको आग्रहमा पार्टीका कामहरु रोकिन नसक्ने जवाफ दिएको छ ।

दुबैतर्फका नेताहरूले आन्तरिक एकताको पहल भइरहेको बताए पनि ठोस सहमति भएका छैनन्।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार ०८:५२