सूचनाको शक्ति - The Power Of Information

        

दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ ।

कोरोना संक्रमण पछि अस्पतालमा भर्ना भएकी घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ७९ बर्षीया एक महिलाको आज (आइतवार) बिहान सवा आठ बजे निधन भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।

कोरोना संक्रमण पछि उनि साउन १५ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालको आईसियु कक्षमा उपचाररत उनलाई निमोनिया संगै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

अस्पतालमा अझै ६ जना आईसियु कक्षमा उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिए।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार ११:१४