सूचनाको शक्ति - The Power Of Information

        

मधेसका चार जिल्लामा आज पनि महन्थ समूहको भेला

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि पार्टीबिहीन बनेको महन्थ ठाकुर पक्षले आइतबार चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ।

सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्न लागेको हो।

सुनसरीमा डा. सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साह तथा सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल र अभिराम शर्माले सम्बोधन गर्ने छन्।

यस्तै रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया र कृष्णा सिंह तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी र दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने ठाकुर पक्षले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार १०:४९