सूचनाको शक्ति - The Power Of Information

        

कालीकोटमा निषेधाज्ञाकाे अवधि १० दिन लम्बियाे

कालीकोट ।  कालीकोटमा जारी निषेधाज्ञाकाे अवधि १० दिन लम्बिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार ०८:५५