सूचनाको शक्ति - The Power Of Information

        

जापानबाट आज तीन लाख डोज खोप आइपुग्ने, भोलिदेखि लगाइने

काठमाडौं । जापानबाट आज (आइतबार) तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्ने भएको छ।

जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप शनिबार काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले बताए।

आज थप दुई लाख ८७ हजार जोड खोप आउने उनले जानकारी दिए। शनिबार र आइतबार गरी आठ लाख खोप आइपुग्ने बताउँदै उनले बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने जानकारी दिए।

अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बिताए।

खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उनको भनाइ छ। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र सुुरु हुने उनले बताए।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार ०८:४३