सूचनाको शक्ति - The Power Of Information

        

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता किरण गजमेर बनेका छन् ।

दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् ।

टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए ।

भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतवार ०८:३१