सूचनाको शक्ति - The Power Of Information

        

देशभर ३२१८ कोरोना संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार २१८ जनाको नतिजा पोजिटिभ आएको हो ।

आठ हजार ८६६ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २३१ र चार हजार ७०७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ७२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १७:४१