सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागे तय गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १५:५६