सूचनाको शक्ति - The Power Of Information

        

हेलिकप्टरले पनि निभाउन सकेन बालाजु औद्योगिक क्षेत्रको आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ ।

औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।

प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन ।

सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ ।

अहिले हेलिकप्टर फर्किसकेको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो ।

आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ०८:३४