सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय परीक्षा बोर्ड

परीक्षा बोर्डको बैठक आज बस्दै , कक्षा १२ को परीक्षाबारे निर्णय हुने

सबै तहका परीक्षा रोक्न सिफारिस

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ ।

स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा रोक्न सिफारिस गरेको थियो ।

मन्त्रालयबाट आएको सिफरिस अनुसार सीसीएमसीले कोरोना संक्रमण बढेको काण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएपछि बोर्ड पनि परीक्षाको नयाँ मिति तोक्ने दिशामा अगाडि बढेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ०८:१६