सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्रीले गरे क्रिकेट मैदानको अवलोकन

बाँके । लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तव लगायत मन्त्रालयको टोलीले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

अवलोकन टोलीमा मन्त्रालय सचिव महादेव पन्थ लगायत छन् । अवलोकन कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्य सचिब भिम ओली कोहलपुर नगरपालिका मेयर लुट बहादुर (एल्बी) रावत लगायतको समेत सहभागिता रहेको थियो ।

मन्त्रालयको टोलीले बाँकेका विभिन्न खेलकुदसंग सम्बन्धित पूर्वाधार विकासमा भइरहेको प्रगति विवरणको समिक्षा गरी आवश्यक बजेट व्यवस्थापनमा सहयोग हुने बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार १५:५८