सूचनाको शक्ति - The Power Of Information

        

इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रेइजीले लिए सपथ

एजेन्सी । इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रेइजीले हिजेबाट कार्यभार सम्हालेका छन् ।

राजधानी तहेरानको संसद भवनमा आयोजित विशेष समारोहमा रेइजीले इरानको आठौं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

सो क्रममा रेइजीले इरानलाई अझ शक्तिशाली बनाउँदै विश्व मालिमामा इरानको उपस्थिती मजबुद बनाउने घोषणा गरे । इरानी जनताले मुलुकको स्वतन्त्रता रक्षा गर्दै विदेशी हस्तक्षेप एवं उक्साहट रोक्ने चाहनाका साथ आफुलाई राष्ट्रपति चुनेको रेइजीको दावी छ ।

एशियाको क्षेत्रीय शक्ति एवं नजिकका छिमेकीहरुसँग सम्बन्ध विस्तार गर्नुलाई रेइजीले आफ्नो मुख्य विदेश नीतिको रुपमा उल्लेख गरे ।

साथै विश्वका अन्य मुलुकहरुसँग पनि कुटनीतिक माध्यमबाट सौहार्दपूर्ण सम्बन्ध राख्दै विश्व मालिलामा इरानको भूमिका बढाउने उनको उद्घोष छ ।

६० वर्षिय प्रभावशाली नेता रेइजीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको उत्तराधिकारीको रुपमा समेत हेरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०७:२६