सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ४२ हजार नयाँ संक्रमित थपिए, ५३२ जनाको मृत्यु

एजेन्सी । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ८१७ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १८ लाख १० हजार ७८२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १७ हजार २३८ जना संक्रीय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५३२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २६ हजार ३२१ पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार ०९:०३