बझाङ । बझाङ जिल्लाका विभिन्न स्थानियतहरुमा ४ बर्षको अवधिमा ५६ वटा वर्थिङसेन्टर निर्माण भएका छन ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसंख्या भएका ठाउँमा ११ वटा स्थानियतहहरुले वर्थिङ सेन्टर निर्माण गरि सेवा प्रवाह गरिरहेका छन ।
थलारा गाँउपालिका र बुङगल नगरपालिकामा ६÷६ वटा, सुर्मा, छविसपाथीभेरा, मष्टा गाँउपालिका र जयपृथ्वी नगरपालिकामा ३÷३ वटा, साईपाल र खप्तडछान्ना गाँउपालिकामा ५÷५ वटा, तलकोट र दुर्गाथली गाउँपालिकामा ७÷७ वटा र वित्थडचिर गाउँपालिकामा ८ वटा गरि ११ वटा स्थानिय तहले जिल्ला भर ५६ वटा वर्थिङ सेन्टरहरु निमार्ण गरि सेवा सुचारु गरेका छन ।
केदारस्युँ गाउँपालिकामा स्थानियतह हुनु भन्दा अगावै वर्थिङ सेन्टरहरु संचालनमा आईसकेको गाउँपालिका उपाध्यक्ष निसा धामीले बताउनुभयो ।
स्थानिय तहका अनुसार पालिकाका वडालाई लक्षित गरेर वर्थिङ सेन्टर स्थापना भएका हुन । गाँउमै वर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुतकेरी हुने महिलाहरुको संख्या घटेको छ ।
यस अघि वर्थिङ सेन्टर गाँउमा नभएको र स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने गरेका थिए । गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि सहज भएको छविसपाथिभेरा गाउँपालिकाकी सरिता धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्थिङ सेन्टर स्थापना हुनु अघि तीन घण्टा हिडेर लेकगाँउ स्वास्थ्य चौकी पुग्नु पथ्र्यो । अहिले २० मिनेटमै सामुदायिक स्वास्थ्य ईकाइमा पुगिन्छ ।” आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको धामीको भनाई छ ।
बर्थिङ सेन्टरको अभावमा सुत्केरी ब्यथाबाट छटपटाइरहेका बझाङका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिलाहरुले यो समस्याबाट निदान पाएको वित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्नै गाउँमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाहरुले नयाँ जीवन पाएका छन् । उक्त बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० जना महिलाहरु नियमित चेकजाँच तथा सुत्केरी गराउन आउने गरेका छन ।”
।