सूचनाको शक्ति - The Power Of Information

        

ब्लड प्रेशर’का बिरामीको शरीरमा देखिने ७ खतराको संकेत

यो धमनीले रगतको चाप नियन्त्रण गर्ने काम गर्छ । यो धमनी पातलो भएमा मुटुले रगत प्रवाह गर्दा अत्यधिक बल प्रयोग गर्छ जसले गर्दा उच्च रक्तचापको समस्या देखापर्छ ।

चिकित्सकहरुले उक्त धमनीमा समस्या आउनेवित्तिकै उपचार नगराए हृदयघात, स्ट्रोक जस्ता गम्भीर समस्या आउने बताएका छन् ।

उच्च रक्तचापका रोगीहरुको शरीरमा समस्या आएको सुरुवाती चरणमा नै स्पष्ट हुँदैन । चिकित्सकहरुले उच्च रक्तचापका रोगीहरुको शरीरमा देखिने केही संकेतलाई नै खतराको घण्टी मान्नुपर्ने बताएका छन् ।

चिकित्सकका अनुसार उच्च रक्तचापको समस्यामा शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् । उच्च रक्तचापको दुईवटा क्षण हुन्छ । जसमा एउटा अर्जेन्ट र अर्को इमरजेन्सी पर्छ ।

अर्जेन्टमा व्यक्तिको रक्तचाप उच्च हुन्छ । तर कुनै पनि अंगमा नोक्सान पुग्दैन । तर, अर्को इमरजेन्सी हुन्छ जसमा उच्च रक्तचापले अंगहरुमा नोक्सान पुर्याउँछ ।

यदि कुनै उच्च रक्तचापको बिरामीले धमिलो देख्न थाल्छ भने उसको शरीरमा रक्तचाप उच्च भएको हुनसक्छ ।

यसका साथै, धेरै टाउको दुख्ने, छातीमा दुखाई हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन् । यसका साथै, बेहोस हुने, छालाहरुमा रातो धब्बा बस्ने जस्ता उच्च रक्तचापका गम्भीर संकेत हुन् ।

यस्तै, अचानक शरीरको कुनै पनि अंग सुन्निने वा फुल्ने भएमा, बान्ता हुने, एन्जाइटी हुने जस्ता संकेत पनि देखिन सक्छन् ।

यदि उच्च रक्तचापको समस्या भएमा बिरामीले तुरुन्तै डाक्टरको सल्लाह लिएर उपचार गराउनु पर्छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार ०८:११