सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा बुधवार १० जनामा कोरोना पुष्टि, ७ डिस्चार्ज

डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ६०

बाँके । बाँकेमा बुधवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५६ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २, कोहलपुर मेडिकल कलेजमा ६० नमुना परीक्षण गर्दा ६ र बागेश्वरी प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा २ गरी थप १० जनामा भाइरस संक्रमण देखिएको छ ।

तीमध्ये बाँकेका ६ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ७० पुगेको छ । यस्तै बुधवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ६० पुगेको छ ।

बाँकेमा १३ सिकिस्त बिरामी छन् भने ३३ जना मध्यम बिरामी छन् । ५ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १९:३३