काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ ।
दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने छ ।
आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्ष तहलाई दिँदै प्रतिवेदन बुझाएको थियो ।
पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन ।
यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादका बीच थपिएको क्रियाशील सदस्यसंख्या स्वीकार गर्न नसकिने बताएको छ ।
।