सूचनाको शक्ति - The Power Of Information

        

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ ।

कार्यदल बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयास गरिने जनाइएको छ ।

सत्तारुढ गठबन्धको कार्यदल बैठक निरन्तर बसिरहेको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रमको टुंगो लगाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भनेर मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसको तर्फबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु रहेका छन् ।

कार्यदलले सरकार सञ्चालनमा नीतिगत रुपमा सघाउने जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०८:४१