सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ४२ हजार बढीमा कोरोना संक्रमिण, ५६१ को मृत्यु

एजेन्सी । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ५६६ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख ६७ हजार ९६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ८२८ जना संक्रीय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५६१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार ७८९ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ०७:४३