बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर एकलाई मंगलवार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।
बाल विवाह बिरुद्ध लामो समयदेखि बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको वडालाई एक कार्यक्रमकाबीच बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।
कोहलपुरका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जु कुमारी थारुको बिशेष उपस्थितिमा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
वडा अध्यक्ष गोपिलाल खनालका अनुसार वडाले प्रतिबद्धता जनाएको र उपमेयरले प्रमाणिकरण गरेपछि नगरपालिकाकै तेस्रो वडाका रुपमा वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।
घोषणा समारोहका अवसरमा बाल विवाह बिरुद्ध सक्रिय संघ संस्था एवं व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गरिएको थियो ।
वडा नम्वर १२ र १३ यसअघि नै बाल विवाह मुक्त वडा घोषणा भइसकेका छन् । अब तत्कालै वडा नम्वर तीनलाई पनि घोषणा गर्ने तयारी गरिएको छ ।
।