निर्वाचन आयोगले गर्यो ४१ राजनीतिक दलको दर्ता खारेज
प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना
।
काठमाडौं । लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकको खारेज भएका ती दलसँग प्रति दल ५० हजार रुपैयाँ जरिवाना पनि तोकेको छ ।
जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने आयोगको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय चुरेभावर पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी, देशभक्त लोकतान्त्रिक पार्टीलगायत ४१ वटा दल खारेज भएसँगै देशमा ९५ वटा दलको मात्र आयोगमा दर्ता कायम छ ।
आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।
।