सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नयाँ मुख्यमन्त्रीमा केसी प्रस्तावित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

मंगलबार प्रदेश सभा सचिवालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वास प्रस्तावमा विपक्षमा रहेका ३४ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् ।

उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव पनि गरेका छन् ।

यसअघि, सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि प्रस्ताव आह्वान गर्न विपक्षी गठबन्धनले माग गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १७:३३