सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा भीडभाड रोक्न आजदेखि अनुगमन

काठमाडौं । कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाण्डौ उपत्यकामा अनुगमन हुने भएको छ ।

अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ।

समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढी भीडभाड  हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उहाँले बताउनुभयो ।

यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा आज बस्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि भोलि बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ ।

काठमाण्डौ उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार ०९:१६